२८ भदौ २०८३, आइतबार 1789290218
Banner

प्रतिपक्षीको अवरोधकाबीच संसद‍्मा ‘आर्थिक सर्वेक्षण’ पेश

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश भएको छ। सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश गरेका हुन्।

सभामुख देवराज घिमिरेले आर्थिक सर्वेक्षण पेश गर्न अर्थमन्त्री पुनलाई समय दिएपछि कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए। त्यसपछि मर्यादापालकहरूले अर्थमन्त्री पुनलाई रोष्ट्रममा पुर्‍याएका थिए।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले सदनमा नाराबाजी गरिरहेका छन्।

विपक्ष दलहरूको नाराबाजीबीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन्।