४ आश्विन २०८१, शुक्रबार 1726885097
Banner

कांग्रेसको अबरोधकाबीच नीति तथा कार्यक्रम संसद‍्बाट बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार संसदमा पेश गरेका थिए।

बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले संशोधन प्रस्तावलाई अस्वीकृत गरेका थिए। लगत्तै नीति तथा कार्यक्रम बहुमतले पारित गरेको सभामुखले घोषणा गरेका थिए।

नीति तथा कार्यक्रममाथि छलफल जारी रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले नाराबाजी जारी राखेका थिए। उनीहरूले संसदीय छानबिन समिति गठन गर,सहकारी पीडितलाई न्याय देु लगायत नारा लगाएका थिए। नाराबाजीमा उत्रिएपछि सभामुख घिमिरेले पेलेर सदन अगाडि बढाएका थिए।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्।