४ आश्विन २०८१, शुक्रबार 1726812074
Banner

बालुवाटार बैठक निश्कर्ष बिहिन, साँझ पुनः बस्ने

काठमाडौं । सहकारी ठगी प्रकरण छानविनका लागि गठन गर्ने भनिएको संसदीय समितीको कार्यादेशमा कुरा नमिलेपछि आजको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमनत्ती समेत उपस्थिती उक्त बैठकमा सत्ता र प्रतिपक्ष पूर्ववत अडानमा सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गर्नु भएको थियो । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको जानकारी सञ्चारमाध्यमलाई दिनुभएको छ ।