२८ भदौ २०८३, आइतबार 1789288205
Banner

अर्थमन्त्री पुनद्धारा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदनको संयुक्त बैठकमा आर्थिक वर्षको आय(व्ययको अनुमान विवरण पेश गरेका हुन्।

कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८।९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९।७४ प्रतिशत रहेको छ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो।