२७ भदौ २०८३, शनिबार 1789235717
Banner

आज भारतमा अन्तिम चरणको मतदान हुँदै

एजेन्सी । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ।

अन्तिम चरणको मतदानलाई सत्तारुढ दल र प्रतिपक्षनेताहरूको शक्ति परीक्षणका रूपमा समेत हेरिएको छ। ४२ विधान सभा क्षेत्रमा ५७ सिटका लागि मतदान हुन लागेको हो  अघिल्लो चुनावमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (बीजेपी) ले ३०३ सिट ल्याएको थियो। 

यो पटक पनि मोदी लगातार तेस्रो कार्यकाल निर्वाचित हुने लक्ष्यमा छन्। प्रधानमन्त्री मोदी वाराणसीबाट चुनाव लडिरहेका बेला गोरखपुरमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको शक्तिको परीक्षण पनि  यही मतदानबाट हुनेछ । मोदीको विरुद्धमा कांग्रेस प्रदेश अध्यक्ष अजय राई प्रतिस्पर्धामा छन्।