४ आश्विन २०८१, शुक्रबार 1726885084
Banner

ललितपुरमा मोटरसाइकल र स्कुटर जुध्दा दुवै चालकको मृत्यु

ललितपुर । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोकिँदा दुई युवकको ज्यान गएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार शुक्रबार राति १२ः३० बजे ललितपुरको महालक्ष्मी नगरपालिका–४, टेम्पो पार्कमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठोकिएका हुन् ।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ साँखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठ र मोटरसाइकल चालक खोटाङ साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईको मृत्यु भएको उनले बताए । उनका अनुसार गम्भीर घाइते भएका आयुषको उपचारका क्रममा किस्ट अस्पतालमा आज (शनिबार) बिहान २ः३० बजे तथा लकेशको बीएन्डबी अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।