४ आश्विन २०८१, शुक्रबार 1726864060
Banner

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

तुलसीपुर (दाङ), १९ जेठ ः दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्युभएको छ । आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उहाँकी श्रीमतिले भने भागेर ज्यान जोगाउनुभएको छ ।