३० कार्तिक २०८१, शुक्रबार 1731692888
Banner

संघीय सदनमा आजदेखि बजेटमाथि छलफल हुँर्दै

काठमाडौँ । संघीय संसदको दुबै सदनको बैठकमा आर्थिक बर्ष २०८१\८२को बजेट माथिको छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठक ११ वजेको लागि बोलाइएको छ ।

दुबै सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ । प्रकाशित कार्यसूचिमा राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्ने उल्लेख गरिएको छ ।बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१\८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ ।

संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा सरकारले आर्थिक बर्ष २०८१\८२को राजस्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ। सोही बजेट माथिको छलफलका लागि प्रारम्भ गर्न दुबै सदनको बैठक बोलाइएको हो । ।