१३ श्रावण २०८३, बुधबार 1785386388
Banner

आज विश्वकप खेल्दै नेपाल : नेदरल्याण्ड्स पहिलो खेल खेल्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । अमेरिकाको डलासमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो त्यसको १० वर्षपछि आज विश्वकपमा खेल्दैछ ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुदैछन । नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ । यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ ।

खेलमा नेपाली टोलीका रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी सहभागि छन् ।