२८ भदौ २०८३, आइतबार 1789328116
Banner

अमरेशकुमार सिंहविरुद्ध आरजुले दायर गरेको मुद्दामा अदालतले मेलमिलाप गर्न पठायो

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई काठमाडौँ जिल्ला अदालतले मेलमिलापमा पठाउने आदेश गरेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मंगलबार मेलमिलापमा पठाउने आदेश गरेको हो ।


राणाले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् । नेपाली कांग्रेसका पूर्व नेता समेत रहेका सिंह अहिले स्वतन्त्र निर्वाचन लडेर प्रतिनिधि सभाको सांसद रहेका छन् । सिंहले २०८० जेठमाराणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाएका थिए । सिंहले राणा भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् ।