२३ भाद्र २०८१, आइतबार 1725776522
समाचार

नेपालस्थित भारतीय राजदूतावासले मनायो विश्व वातावरण दिवस

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाएको छ । जस अन्र्तगत दूतावासले आज वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो ।

ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको विशेष वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।

नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिनुभयो ।
उक्त कार्यक्रममा सहभागीहरुले १५० वटा वृक्षहरु रोपेका थिए ।