२७ भदौ २०८३, शनिबार 1789236547
Banner

स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ

भक्तपुर : स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेे चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ होर्यान र ३६ वर्षीय डिना लैयु रहेका छन् ।

सूर्यविनायक नगरपालिका‐१० भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा७०प २८७२ नंको ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको रु ६९ लाख पाँच हजारसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । —