२३ भाद्र २०८१, आइतबार 1725784105
Banner

एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु

विराटनगर । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाज सम्बन्धीको विरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो ।

उपचारको क्रममा खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष रेवतीरमण भण्डारीले बताए । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

जेठ ५ गते देखि ७ गतेसम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि उनलाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको हो ।