३१ भाद्र २०८१, सोमबार 1726538039
Banner

एमाले काठमाडौँको सातौं जिल्ला अधिवेशन जेठ २६ गतेदेखि

काठमाडौं-नेकपा एमाले काठमाडौंको सातौं जिल्ला अधिवेशन आगामी शनिवारदेखि प्रारम्भ हुने भएको छ। काठमाडौंमा बिहीवार पत्रकार सम्मेलन गर्दै एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आगामी २६ २७ र २८ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिनुभयो।

अध्यक्ष निरौलाका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ। जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ। बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिसकेको उहाँले  जानकारी दिनुभयो । ‘हामीले बन्द सत्रबाट नयाँ नेतृत्व छनोटको प्रक्रिया अवलम्बन गर्ने छौं। त्यति खेरसम्म हाम्रा प्रतिवेदनहरुमाथि छलफल गरेर पारित गरिसक्ने छौं, उहाँले  भन्नुभयो ।यो बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन गरिएको छ।

बबरमहलस्थित कार्की ब्याङ्गक्युटमा ५८५ जना प्रतिनिधिहरुको सहभागितामा हुने बन्द सत्रमा पार्टी कामको समीक्षा, राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ। प्रतिवेदनमाथि प्रतिनिधिहरुले गहन छलफल गरी आगामी दिनमा पार्टीलाई राष्ट्रिय निणार्यक शक्तिका रुपमा विकसित गर्न काठमाडौमा पार्टी काममा अगाडी बढाउन योजना बनाउने छ।

यो अधिवेशनले राष्ट्रिय राजनिति र जनसरकारका विषयहरुमा समसामहिक प्रस्तावहरु पारित गर्ने र पार्टी विधानमा ब्यवस्था भए अनुसार अध्यक्ष , उपाध्यक्ष , सचिव , उपसिचवहरु लगायत बढीमा २२५ जनाको जिल्ला कमिटी तथा अध्यक्ष र सचिवसहित बढीमा ७ सदस्य लेखा कमिटी समेत निर्वाचित गर्नेछ।

जिल्ला अधिवेसनलाई भब्य एवं सफलता पूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ। पत्रकार सम्मेलनमा बोल्दै  जिल्ला कमिटीका इन्चार्ज आनन्द  पोखरेलले यो जिल्ला अधिबेशन कुनै हालतमा नलम्बने दाबी गर्नुभयो । उहाँले भन्नुभयो – कुनै हालतमा लम्बने छैन। 

 काठमाडौँ जिल्लामा नेतृत्वको लागि चुनाव भएको खण्डमा सो पार्टीले  भोटिङ  मेसिनको प्रयोग गर्ने भएको छ। सो अनुसार रामलक्ष्मण कम्पनी संग सम्भ्mौता भइसकेको पोखरेलले दाबी गर्नुभयो। 

यता नेतृत्वका लागि पनि  तीब्र होडबाजी चलेको बताइएको छ। अध्यक्षका लागि  वर्तमान अध्यक्ष दीपक निरौला र निर्मल देउलाले प्रतिस्पर्धा गर्ने चर्चा चलेको छ। त्यसैगरी उपाध्यक्षमा जयराम थापा र सचिवमा राजु शाक्यले उम्मेदवारी दिने तयारी गरेको बताइएको छ।