१२ श्रावण २०८१, शनिबार 1722090779
Banner

मधेश प्रदेशमा आज नयाँ सरकार बन्ने, मुख्यमन्त्री बन्दै सतिश सिंह

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो । प्रदेश प्रमुखको आह्वानअनुसार आजै मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका हुन् ।
मधेशमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहको नेतृत्वमा सरकारको लागि दाबी पेश गर्ने तयारी छ ।