१८ असार २०८३, बिहिबार 1782974091
Banner

जनतमतका सतिश सिंहद्वारा मधेशको मुख्यमन्त्रीमा दाबी पेश

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका छन्। राती अबेरसम्म बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालय भागबन्डा टुंग्याएपछि उनले बिहानै दाबी पेस गरेका हुन्।

सतिश सप्तरी क्षेत्र न २ ख बाट निर्वाचित सांसद हुन्। सतिशले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दावी पेश गरेका माओवादी दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

१०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सासंदले सतिश सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको उनीहरुले दाबी गरेका छन्।