२ कार्तिक २०८१, शुक्रबार 1729291698
Banner

काँग्रेस सरकार बनाउने र गिराउने खेलमा छैनौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नरहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन (२०८४) सम्म कांग्रेस प्रतिपक्षमै बस्ने बताए ।

महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए ।

अबको तीन वर्षको समय पार्टीलाई पुनर्निर्माण र बलियो बनाउने समय भएको उनको भनाइ छ ।