२ कार्तिक २०८१, शुक्रबार 1729286073
Banner

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको बताइएको छ ।