२७ भदौ २०८३, शनिबार 1789239370
Banner

कर्णालीको झोलुंगे पुलमा १४ वटा खच्चड फसे,उद्धार प्रयास जारी

काठमाडौं- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्।

आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो। दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको कोइरालाले जानकारी दिनुभयो। अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू घटनास्थलमा पुग्ने क्रम रहेको उहाँले बताउनुभयो। अछाम र दैलेखबीच आउजाउ बन्द भएकाे छ । खच्चडले सामान बाेकेर ल्याउँदै थियाे ।