१२ श्रावण २०८१, शनिबार 1722073241
Banner

मधेसमा मन्त्रिपरिषद विस्तार, जनमतबाट साह र मियाँ मन्त्री नियुक्त

जनकपुर । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । जनमत पार्टीको भागमा परेका दुई मन्त्रालायमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन् । सिराहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई उनले मन्त्री नियुक्त गरेका हुन् ।

साहलाई वन तथा वातावरण मन्त्री बनाइएको छ । बिना विभागीय मन्त्री बनाइएकी रञ्जु मण्डल खंगलाई सोही मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । मियालाई जिम्मेवारी तोकिएको छैन । उनलाई जनमतको भागमा पर्ने अर्को मन्त्रालयको जिम्मेवारी दिइनेछ । नव नियुक्त दुवै मन्त्रीको शपथको तयारी भइहेको छ ।