१४ श्रावण २०८३, बिहिबार 1785423032
Banner

बझाङमा विपद् उद्धार अभ्यासकै क्रममा सशस्त्रका जवानको मृत्यु

काठमाडौं । बझाङमा विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताए।

बाढी र त्यसले पार्ने क्षति न्यूनीकरण गर्न देखाउन लागिएको कृत्रिम अभ्यास गर्दा गर्दै उनी डुबेका थिए। सोमबार बिहान सेती नदीमा जिल्लास्थित सुरक्षा बलको संयुक्त सिमुलेसनका क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शाहले बताए। बेहोस अवस्थामा फेला परेका उनीलाई उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल बझाङमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो।