२३ भाद्र २०८१, आइतबार 1725783952
Banner

प्रधानमन्त्री प्रचण्डसँग भारतका नवनियुक्त मन्त्री जयशङ्करको शिष्टाचार भेट

काठमाडौँ । भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नवनियुक्त सङ्घीय मन्त्री एस जयशङ्करबीच शिष्टाचार भेट भएको छ । 

प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा सोमबार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको हो । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतको मन्त्री पदमा नियुक्त हुनुभएकोमा जयशङ्करलाई  बधाई एवं कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीच रहेको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त समेत गर्नुभयो । 

त्यसैगरी, मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री प्रचण्ड र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराउनुभएको छ ।