१२ श्रावण २०८१, शनिबार 1722091007
Banner

सवारी दुर्घटनामा एकजनाको मृत्यु, ८ घाइते

कपिलवस्तु– कपिलवस्तुको बुद्ध भूमि नगरपालिका– ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए।

घटनामा पिक अपका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिष भण्डारीले बताए। घाइतेलाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।