३ आश्विन २०८१, बिहिबार 1726804666
Banner

फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी संसदीय दलले उनलाई साँझ ७ बजेसम्म लिखित जवाफ पठाउन निर्देशन दिएको हो ।

देवकोटाले फ्लोर क्रस गरेपछि त्यसको जानकारी सोमबार नै पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको कार्यालयले पठाएको थियो । जसअनुसार केन्द्रको रायअनुसार प्रदेश संसदीय दलले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मंगलबार साँझ उहाँलाई स्पष्टीकरण सोधेको पत्र पठाइएको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिनुभयो ।

‘दलको विधान विपरीत काम गरेको र ह्विप उल्लङ्घन गरेको हुँदा केन्द्रको सुझावका आधारमा स्पष्टीकरण सोधेका छौँ,’ उहाँले भन्नुभयो, ‘एक हिसाबले कारबाही प्रक्रियामा अघि बढेको छ । आज साँझसम्म स्पष्टीकरण दिनुपर्छ ।’

उहाँलाई इमेलबाट र प्रत्यक्ष भेटेर पत्र बुझाइएको बुढाले बताउनुभयो । तर, २४ घन्टा बितिसक्दा पनि हालसम्म स्पष्टीकरण प्राप्त नभएको उनले बताए ।

माओवादीको चुनाव चिन्ह्र लिएर जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले गत सोमबार मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसवापत उनले बुधबार ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री पद पाएका छन् ।