३ आश्विन २०८१, बिहिबार 1726728406
Banner

प्रतिनिधिसभामा आज तीन मन्त्रालयका बजेट शीर्षकमा छलफल हुँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल जारी रहने छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका शीर्षकहरुमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सांसद प्रेम सुवाल, डा. अमरेश कुमार सिंह, दिलेन्द्रप्रसाद बडू, विना लामा, कान्तिका सुजुवाल, ज्ञान बहादुर शाही, शान्ती विक र रोसन कार्कीले विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।