६ आश्विन २०८१, आइतबार 1727020916
Banner

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो,२० मध्ये पाँचजना गम्भीर

धादिङ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङ स्रोतले जानकारी दिएको छ ।  नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको हाे । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए ।

 काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको हो ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । बसमा ४५ जना यात्री थिए ।