४ भदौ २०८३, बिहिबार 1787241901
Banner

सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले शुन्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारको ध्यानाकर्षण गराउँदै उनले भने– ‘यहाँहरुले सदनमा शुन्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरुप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत जनसरोकारका विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।