५ आश्विन २०८१, शनिबार 1726981221
Banner

झापामा नाबालक २ छोरासहित आमा घरभित्रै मृत

झापा-झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालाक छोरासहित एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन्। शिवसताक्षी नगरपालिका-३ की अञ्जली बेस्रा र उनका दुई छोरा मृत अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार छोराहरू ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुष रहेका छन्। इलाका प्रहरी कार्यालय झिलभिलेका प्रहरी निरीक्षक अनिष बुढाथोकीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनका श्रीमान अहिले वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन्।