५ आश्विन २०८१, शनिबार 1726959895
Banner

यस्तो छ गृहमन्त्री रवि लामिछानेका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका उपलब्धि शुक्रबार सार्वजनिक गरेका छन्।

२०८० फागुन २३ गतेदेखि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व लिएका उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले भने, ‘विपद व्यवस्थापनका लागि कमान सेन्टर स्थापना गरिएको छ । त्यसैगरी यो औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाईजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं । गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ । निर्देशिका तयार गर्नेछ । त्यो निर्देशिकाले अब अनुसन्धान गर्नका निमित्त गाँजाको औषधिजन्य प्रयोगका लागि अनुसन्धान गर्नको निमित्त निश्चित क्षेत्रमाचाहे त्यो ल्याव खडा गर्नका निमित्त, चाहे अरु प्रयोजनका लागि होस् । निश्चित यरिया भित्र सुरुवात गर्ने छ । त्यो एक महिना भित्र हामी सम्पन्न गर्नेछौं । ’