४ आश्विन २०८१, शुक्रबार 1726859733
Banner

गण्डकी सरकारले ल्यायो ३३ अर्बको बजेट

काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१र०८२ का निम्ति करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट शनिबार प्रदेशसभामा पेस गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा यो बजेट ४५ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

कुल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार अर्थात् ३९।९१ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगततर्फ ५९।१९ प्रतिशत बजेट विनियोजन गरिएको हो । वित्तीय व्यवस्थातर्फ तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।