४ आश्विन २०८१, शुक्रबार 1726831275
Banner

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ । नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर किन्न १६५ रुपैयाँ तिर्नुपर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ ।

डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।