१ मंसिर २०८१, शनिबार 1731737472
विश्व

उत्तराखण्डको रुद्रप्रयागमा टेम्पो दुर्घटनामा १० को मृत्यु

उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार टेम्पो ट्र्याभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

Rudraprayag, June 15 (ANI): Mangled remains of a tempo traveller after it fell into a deep gorge and at least 10 people got killed, in Rudraprayag on Saturday. (ANI Photo) National

राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए । घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै गम्भीर घाइते यात्रुहरूलाई एम्स ऋषिकेशमा हेलिकोप्टरमार्फत लगिएको र राम्रो उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको बताउनुभयो । नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस एक सय ५० मिटर गहिरो खाडलमा खसेको थियो ।

घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिइएको छ । गढवाल आइजी केएस नागन्यालले एएनआईलाई भन्नुभयो, “स्थानीय प्रशासन, बासिन्दा र एसडिआरएफ उद्धार र राहत कार्यमा संलग्न छन् । यात्रा गर्ने पर्यटकको सङ्ख्या अझै स्पष्ट भइसकेको छैन । हामीले आठ जनाको शव निकालेका छौँ र नौ जनालाई अस्पताल लगिएको छ । चालकलाई गहिरो चोट पनि लागेको छ ।” उद्धार कार्य पूरा भएपछि मात्र यात्रुको पूर्ण विवरण आउन सक्ने उहाँले बताउनुभयो । एजेन्सी