३ भदौ २०८३, बुधबार 1787158372
Banner

संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी छ।आइतबार साँझ प्रधानमन्त्री निवासमा परिषदको बैठक बसिरहेको हो। 

बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव बैकुण्ठ अर्याल सहभागी हुनुहुन्छ।

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं पूर्व केपी शर्मा ओलीबीच भेटघाट भएको थियो। 

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन्। प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य छन्।