४ आश्विन २०८१, शुक्रबार 1726820373
Banner

टी-२० विश्वकप : नेपाललाई हराउँदै बंगलादेश सुपर आठमा

काठमाडौं । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । आज भएको टी-२० विश्वकपको समूह ‘डी’अन्तर्गतको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा अलआउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो । योजितसँगै बंगलादेश सुपर आठमा प्रवेश गरेको छ ।

नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिएको थियो ।