६ भदौ २०८३, शनिबार 1787442250
Banner

राप्रपा महिला संगठन अध्यक्ष रावलले दिइन राजीनामा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले राजीनामा दिएकी छिन् । तदर्थ समिति गठन हुँदा देखिनै विवादमा परेकी राप्रपा  निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्घको केन्द्रीय तदर्थ समितिकी अध्यक्ष अन्जना शाह रावलले बुधवार राजीनामा दिएपछि  राप्रपा भित्र खैलाबैला भएको छ। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाइ संवोधन गर्दै रावलले आफूले आवश्यकता अनुसार महिला सङ्घलाई उचाइमा पु¥याउन नसकेकोले  आफूले सो पदबाट राजीनामा दिएको उल्लेख छ। 

रावलले बुधवार फेसबुक मार्फत आफूले राजीनामा दिएको  उल्लेख गरेकी छन् । उनले राजीनामा पछि लेखेकी छन् –

जीवनको केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीको बिचार र सिद्धान्तलाई बल पुर्‍याउन सकेको योगदान गरे, अब यो बाटोबाट अघि बढ्ने क्रमलाई आज देखि विश्राम दिएकी छु । कोही कसै प्रति आग्रह पूर्वाग्रह र गुनासो  छैन । साथ सहयोग र सद्भाव राख्ने सबैलाई सम्झेको छु’