२३ भाद्र २०८१, आइतबार 1725782194
Banner

नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार

काठमाडौं । करण परियार नेपाल आइडल सिजन ५ को विजेता बन्न सफल भएका छन् । बर्दियाका परियाले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन्। सेकेन्ड रअनरअपमा सचिन बिश्वकर्मा बिजेता भएका छन् उनले नगद रु ५ लाख प्राप्त गरेका छन् । त्यस्तै फष्ट रअनरअप बन्न सफल भएकी छन् सलोमी गुरुङ्ग ।

एपी वान एचडी टिभीबाट प्रशारण भएको सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ५ को विजेता करण परियारले नगद २५ लाख रुपैयाँ सहित अन्य उपहार प्राप्त गरको छन्। नेपाल आइडलको अन्तिम चारमा सलोमी गुरुङ्ग, मोहित भुजेल, सचिन विश्वकर्मा, करण परियार पुग्न सफल भएका थिए ।

नेपाल आइडलको निर्णायकमा न्यु बज्राचार्य, इन्दिरा जोशी, कालिप्रसाद बाँस्कोटा रहेका थिए ।

एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए।