१४ श्रावण २०८३, बिहिबार 1785397272
Banner

सुशील प्याकुरेलद्वारा राजदुत पद अस्वीकार

काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गर्नभएको छ  । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिनुभएको छ  ।

उहाँले  राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको उल्लेख गर्नुभएको छ  ।

उहाँलाई सरकारले दक्षिण कोरियाको लागि राजदुतमा सिफारिस गरेको थियो ।  सरकारले  नियुक्ति अघि आफुसंग  कुनै  परामर्श नगरेको कारणले अस्विकार गरेको चक्रपथलाई बताउनुभयो। उहाँले आफु राजदूत नियुक्ति भएको कुरा संञ्चार माध्यम मार्फत थाहा पाएको उहाँले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। उहाँले आफुलाई राजदूत नियुक्ति गर्ने सरकारको सिफारिस प्रति हार्दिक धन्यवाद दिदै सो सिफरिस फिर्ता लिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभएको छ।