२७ जेष्ठ २०८३, बुधबार 1781077150
Banner

बैकुण्ठलाई भ्रष्टाचार मुद्धा लागेपछि लिलादेवीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी

काठमाडौं- सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौला निरौलालाई दिइएको छ ।
आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका थिए। अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको हो ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार कार्यसम्पादन नियमावलीअनुसार मुख्यसचिवको अनुपस्थितिमा प्रधानमन्त्री कार्यालयका वरिष्ठतम् सचिवले निमित्त मुख्यसचिवको रूपमा काम गर्ने व्यवस्था छ। सोही अनुसार गड्तौलाले काम सुरु गर्नु भएको हो ।