४ आश्विन २०८१, शुक्रबार 1726843030
Banner

शसस्त्र प्रहरीमा १८ जना एसपी र २ सय ३७ जना डिएसपीको सरुवा

काठमाडौं-सशस्त्र प्रहरी बल नेपालका १८ जना सशस्त्र प्रहरी उपरीक्षक र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरिएको छ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमाण्डको जिम्मेवारीमा रहेका एसपीहरुलाई सरुवा गरिएको हो। अवकास हुन लागेका एसपीहरुलाई इन्चार्जबाट अलग गरिएको हो। यस्तै डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित कमाण्ड पूर्वानुमान सुचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
२ वर्ष अवधि पुरा भएका र कमाण्डको जिम्मेवारीमा रहेका डीएसपीहरुलाई एकसाथ सरुवा गरिएको हो। सरुवा गरिएका मध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन्।

पूर्वानुमान सूची अनुसार कमाण्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई समेटी आगामी कमाण्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करीव १० महिना अघिदेखि नै जेष्ठता क्रम अनुसार कमाण्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमाण्डमा पठाउँदै आएको छ ।