२ कार्तिक २०८१, शुक्रबार 1729254788
फिचर

पूर्वमन्त्री प्रेमबहादुर आलेको सहयोगमा निरुताले पाइन् नयाँ खुट्टा

काठमाडौँ । पूर्वमन्त्री एवं डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको पहलमा डोटीको बडिकेदार गाउँपालिका–५ की २० वर्षीया निरुता थापाले नयाँ (कृतिम) पाएकी छन् । केही वर्ष पहिले घाट काट्ने क्रममा लडेर देब्रे खुट्टा भाचिएपछि कैलालीको धनगढी लगेर उनको देब्रे खुट्टा काटिएपछि उहाँ अपाङ्गता भएर बैसाखीको साहरामा हिडडुल गर्दै आएकी उनका श्रीमान मोहन थापाले जानकारी दिए । उनले भने, “रुखबाट लडेर श्रीमतीको खुट्टा काट्नु पर्यो बैसाखीको साहरामा हिडडुल गर्थिन, पछि डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आले ज्युको सहयोगमा काठमाडौँको पशुपति गौसाला धर्मसाला स्थित मारवाडी सेवा समिति नेपालले खुट्टा दियो, खुशी छौँ ।” नयाँ (कृतिम) खुट्टा पाएपछि अहिले हिडडल गर्न निकै सहज भएको निरुता थापाले बताइन । उनले भनिन्, “खुट्टा काटिएपछि वैसाखीको भरमा हिड्दै थिए, आज पूर्व मन्त्री एवं सांसद प्रेम आले ज्युको पहलमा नयाँ खुट्टा पाए, अहिले हिडडुल गर्न निकै सहज भएको छ ।” सांसद आलेले निरुताको नयाँ (कृतिम) खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिमा पहल गरेको र निज निरुताको डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा काठमाडौँका खाने,बस्ने सम्पूर्ण खर्च व्यहोरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

आज खुट्टा पाएपछि निरुता तथा उनीहरुका घरपरिवार खुशी हुँदै आफ्नो घर फर्किएको छ । काठमाडौँको पशुपति गौसाला धर्मसाला स्थित मारवाडी सेवा समिति नेपालले “कृतिम अङ्ग कार्यशालाले” कृतिमा खुट्टा प्रदान गर्दै आएको छ ।