३ आश्विन २०८१, बिहिबार 1726784267
Banner

मकवानपुरमा जंगली च्याउ खाँदा एक सातामा तीन जनाको मृत्यु

मकवानपुर- जंगली च्याउ खाँदा एक सातामा मकवानपुरमा तीन जनाको मृत्यु भएको छ । कैलाश गाउॅंपालिका वडानम्बर ९ का चार बर्षिया दिपेश लामा, कैलाश गाउॅंपालिका वडानम्बर ९ कै २५ बर्षिया निरुमाया रुम्बा र राक्सिराङ गाउॅंपालिका वडानम्बर ७ का ५५ बर्षिय बल बहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जंगली च्याउ खाँदा कैलाश, राक्सीराङ र मकवानपुर गढी गाउॅंपालिकाका १६ जना बिरामी भएका छन् । बिरामी भएका मध्य ८ जना बिरामी हेटौंडा अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जना बिरामीको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।