३ आश्विन २०८१, बिहिबार 1726730652
Banner

प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् ।

बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे । अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१र८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

पुनले प्रस्तुत गरेको बजेट चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१।३१ प्रतिशत तथा पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८।९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब छ ।