२७ भदौ २०८३, शनिबार 1789234494
Banner

बजेट राम्रो भएकाले बहुमतले पास भयो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘राम्रो छ र बहुमतले पास गर्यो ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाउनु भयो नी भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए ।