२८ भदौ २०८३, आइतबार 1789337421
Banner

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं- प्रतीक थापालाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको छ।

उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो। खोजी सूचीमा रहेका उनी फरार रहँदै आएका थिए।  उनी पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएको थियो।