काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ ।
आज दिउँसो देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बस्ने पार्टीका प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका भ्रातृ संगठनको निर्वाचन एवं विभागहरुको गठनका विषयमा छलफल हुने विश्वकर्माले बताउनुभयो ।
हिजो मात्र नेपाली काँग्रेसका सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटले राजनीतिक चर्चा पाइरहँदा नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।