२८ भदौ २०८३, आइतबार 1789287865
Banner

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी सिफारिस

काठमाडौं-प्रतिनिधिसभाको सचिवका लागि पूर्वसचिव सुरेश अधिकारी सिफारिस हुनुभएको छ।सभामुख देवराज घिमिरेले अधिकारीलाई सचिवमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको हो।

नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका संसद सचिवालयले जनाएको छ।