४ आश्विन २०८१, शुक्रबार 1726860145
Banner

एमालेका मन्त्रीहरुले सामुहिक राजिनामा दिंदै

काठमाडौं -सत्ता समिकरण बदलिएसँगै नेकपा एमालेका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बमोजिम उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको नेतृत्वमा आठै जना मन्त्रीहरुले सामुहिक राजिनामा दिने तयारी गरेका छन् । एमालेका मन्त्रीहरुले राजिनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राजिनामा दिने एमालेको अपेक्षा छ ।