४ आश्विन २०८१, शुक्रबार 1726889222
Banner

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको छ । उहाँ केहीबेर अघि शीतल निवास पुग्नुभएको हो । आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गर्नुभएको  थियो । 

माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठन बारे के गर्ने भन्नेमा कांग्रेस(एमालेसहित राष्ट्रपतिसमेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।