२ कार्तिक २०८१, शुक्रबार 1729296259
समाचार

नुनको मूल्य बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनको मूल्य प्रतिकिलो तीन रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको मूल्य २६ रुपैयाँ पुगेको छ । यसैगरी न्यू शक्ति नुनको मूल्य प्रतिकिलो २० रुपैयाँ पुगेको छ । यसअघि न्यू शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । भानु नुनको मूल्य प्रतिकिलो ९ रुपैयाँ छ ।