२ कार्तिक २०८१, शुक्रबार 1729285873
Banner

रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिबेदनमा छलफल हुँर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । आजको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए । यस्तै, बैठकमा मुलुकमा एक्कासि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।